aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

राहत खर्च सार्वजानिक

  • रासस
    रासस
  • मंगलबार, १३ जेठ २०७७
राहत खर्च सार्वजानिक

पोखरा । पोखरा महानगरपालिका–५ ले बन्दाबन्दीले समस्यामा परेका विपन्न परिवारलाई वितरण गरेको राहत रकम  सार्वजनिक गरेको छ । वडाले जनप्रतिनिधि, टोल विकास संस्था, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीबीच सामाजिक दूरी कायम गरेर वडाध्यक्ष धनबहादुर नेपालीले रु २२ लाख २८ हजार राहतमा खर्च भएको आज सार्वजानिक गरेकाे छ । 

उनले वडाभित्र रहेका स्थायी अस्थायी बसोबास गरेका रु एक हजार ३५८ परिवारलाई (फुल प्याकेज ३०१) र (एक हजार ५७ जनालाई आधा प्याकेज) राहत वितरण गरिएको जानकारी दिए । राहतका लागि पोखरा महानगरले रु नौ लाख ८४ हजार आर्थिक सहयोग गरेको थियो भने अन्य सङ्घसंस्थाले आर्थिक तथा खाद्य सामग्री उपलब्ध गराएका थिए । 

बन्दाबन्दीमा विभिन्न सङ्घसंस्थाले पाँच हजार ३०० लाई प्याकेजिङ खाना खुवाएका छन् । चार परिवारबाट रु दुई लाख ८१ हजारको घरभाडा छुट गरिएको छ । तीन सडक बालबालिकालाई लुम्ले बाल विकास केन्द्रमा व्यवस्थापन गरेको वडाले जनाएको छ । त्यसैगरी विदेशबाट आएका १४ जनाको आरडिटी गरिएको छ भने सो अवधिमा अस्थायी रोजगार सिर्जना गरेर रु ६५ हजार ज्याला भुक्तानीसमेत गरिएको छ ।
 
अपाङ्गता, बिरामी, घर आगलागी भएका, मृत्यु संस्कारमा रहेका १४ परिवारलाई वडा समितिले विपद् व्यवस्थापनअन्तर्गत २७ हजार आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिकाको कोरोना रोकथाम व्यवस्थापन समिति र राहतकोष स्थापना भएलगत्तै वडाले व्यवस्थापन समिति गठन गरी सर्वदलीय, बैठक र टोल विकास संस्थाबीच बैठक गरेर वडामा बस्ने विपन्न परिवारलाई राहत वितरण गरेको सो अवसरमा जानकारी दिइएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस