aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना भाइरसले आर्थिक बृद्धिदर खुम्चियोः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
कोरोना भाइरसले आर्थिक बृद्धिदर खुम्चियोः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । संघीय संसदमा आर्थिक वर्ष ०७६/७७ को आर्थिक सर्वेक्षण पेस गर्दै उनले कोरोनाका कारण आर्थिक बृद्धिदर खुम्चिएको बताएका हुन् । खतिवडाले फागुनसम्म सबै राम्रै भए पनि त्यसयता कोरोना भाइरसका कारण अवस्था असहज भएको जनाएका हुन् । 

उनले भने, ‘कोरोनाका कारण आर्थिक गतिविधि रोकिँदा चाप परेको छ । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरेको थियो । तर, कोरोनाका कारण आर्थिक वृद्धि २.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।’

उनले १६ प्रतिशत निरपेक्ष गरिबी रहने अनुमान गरिएको बताए । व्यापार घाटामा सुधार आएर शोधनान्तरस्थिति बचतमा रहेको उनले बताए।

मूल्यवृद्धिदर एकल अंकमा सीमित भए पनि गत वर्षको तुलनामा यसपटक महँगी बढेको उनले बताए । अर्थमन्त्री खतिवडाले चालु आवको आठ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासबारे संसद्लाई जानकारी गराएका हुन् । आगामी बजेट सार्वजनिक गर्नुअघि अर्थमन्त्रीले संसदलाई चालु वर्षको अवस्थाबारे जानकारी दिनुपर्छ।
 

प्रतिक्रिया दिनुहोस