
काठमाडौं । ४९ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा र १३ वटा घाटामा रहेका छ । सार्वजनिक संस्थानको आम्दानी २० दशमलब २९ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७५र७६मा ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख रुपैयाँ कुल आम्दानी गरेको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्भेक्षण जारी गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेका हुन । अघिल्लो आर्थिक वर्ष २०७४र७५ मा संस्थानहरुको कुल आम्दानी ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख रहेको थियो ।
कुल नाफा गत वर्षको तुलनामा १२ दशमलब ३६ प्रतिशत वृद्धि भएको छ । सार्वजनिक संस्थानहरुले सरकारलाई दिन लाभांश भने ४ दशमदब २८ प्रतिशतले घटेर ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँ सरकारी खातामा जम्मा भएको छ ।
४९ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा र १३ वटा घाटामा रहेका छ । सरकारले संस्थानहरुमा ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ थप लगानी समेत गरेको आर्थिक सर्भेक्षणमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस