
काठमाडौं । थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
नयाँ थपिएका कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ भने १ सय ५५ जना निको भएर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस