aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

टेक्ससमा कोरोना महामारीको बीचमा युएनएको निर्वाचन मुखावरण लगाएर सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
टेक्ससमा कोरोना महामारीको बीचमा युएनएको निर्वाचन मुखावरण लगाएर सम्पन्न

डिसी । युनाइटेड नेप्लिज एसोसिएसन ९युएनए ०ले कोरोना महामारीको बीचमा मुखावरण(मास्क)लगाएर बार्षिक अधिवेसन सफलतापूर्वक सम्पन्न गरेको छ ।  अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा भएको अधिवेसन मार्फत नयाँ समितिको समेत चयन गरेको छ । हरेक दुई बर्षमा नयाँ नेतृत्व परिवर्तन हुने र मेमोरियल डे (स्मारक दिवस)को सप्ताहन्तमा बार्षिक सम्मेलन समेत गर्ने भएता पनि यस पटक कोरोना भाइरसको कारण बाल्टिमोरमा हुने सम्मेलन अर्को बर्ष सारिएको छ ।

टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न अधिवेसनमा मास्क९मुखावरण०लगाई ६ फिट९हात०को सामाजिक दूरीमा केवल २५ जना भन्दा कम सहभागिताआ निर्वाचन सम्पन्न भएको हो ।

आगामी दुई बर्षका लागि युएनए को नयाँ कार्यकारी समितिमा भक्तुबवुभण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । यसै गरि लामो समय देखि युएनए देखि अन्य संरसँस्थामा सक्रिय सहभागी जनाउदै आएका पवन योञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । यसै गरि महासचिव पदमा कमल कडायत निर्वाचित भएका छन् ।

मुख्य पदहरुमा पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ भने पूर्ण समिति निर्माण गर्न अब अन्य सदस्यहरुको मनोनित हुने जानकारी वरिष्ठ उपाध्यक्ष पवन योञ्जनले ईनेप्लिजलाई बताए ।
 
युएनए संस्था गैर राजनैतिक,गैर धार्मिक,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो । यसका सँस्थापक टेक्ससका सफल ब्यबसायी पासांग लामा हुन् ।


 

प्रतिक्रिया दिनुहोस