
काठमाडौं ।कागेश्वरी मनहरा नगरपालिका-७ थापाचोकस्थित रमा शाहीको घरबाट मंगलबार बिहान नगद ५ हजार रुपैयाँ र विभिन्न सुनका गहना समेत गरी करिब २ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस