aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आजदेखि प्रदेश १ को बजेट अधिवेशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
आजदेखि प्रदेश १ को बजेट अधिवेशन

विराटनगर । प्रदेश नं. १ को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । सामाजिक दूरी कायम गर्दै पहिलेको सभाहलमा बैठक संचालन गर्न साँघुरो भएपछि भुँई तला र पहिलो तलामा दुई वटा हलबाट बैठक चलाउने तयारी गरिएको हो । 

सचिवालयले मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, संसदीय दलहरुका पदाधिकारीसहित सांसदहरुको स्वाब परीक्षण गराइसकेको छ। प्रदेशमा कूल ९३ सांसद छन्। सभाहलभित्र ६५ वटा र माथिल्लो तलामा ३० वटा कुर्सीको व्यवस्था गरिएको छ।

प्रदेश सचिवालयका अनुसार कोरोना भाईरसको संक्रमणबाट प्रदेश बजेट अधिवेशनलाई प्रभावित हुनबाट जोगाउन प्रदेश सभाका सांसदहरु, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको स्वाब परीक्षण गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । 

प्रदेश सभाको बैठकमा प्रवेश गर्न कोरोना संक्रमण नभएको प्रमाण अनिबार्य गरिएको छ । कोरोना जोखिम बढेकोले कोरोना परीक्षण नगराएको कसैलाई पनि प्रदेश सभा भवन भित्र प्रवेश निषेध गरिएको छ ।

प्रदेश सभाको बैठकमा सहभागी हुने ९१ सांसद, २ सय प्रदेशसभा सचिवालयका कर्मचारीहरु, साथै २० भन्दा बढी सांसदका चालकहरु ,सुरक्षाकर्मीहरु र संसदीय रिपोर्टिङमा खटिने २० जना पत्रकारहरुको स्वाब टेष्ट गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस