
धनगढी । सेती अस्पतालको आइसोलेसन कक्षमा एक जनाको मृत्यु भएको छ । मंगलबार गौरीफन्टा नाकाबाट उद्धार गरिएको ल्याइएको कैलालीको गौरीगंगा ७ का ५५ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालका एक चिकित्सकका अनुसार ती व्यक्ति भारतको महाराष्ट्रबाट गौरीफन्टा नाकासम्म बसमा चढेर आएको बताइएको छ । बसबाट उत्रिँदै गर्दा सिमानामा बेहोस भएर ढलेपछि सीमामा रहेको नेपालीले एम्बुलेन्समा राखेर सेती अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेका थिए ।
उनको आरडीटी परीक्षणमा एन्टिबडी नेगिटेभ देखिएको थियो भने पीसीआर रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस