
वीरगन्ज । पर्साको वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा रहेका २१ जना कोरोनामुक्त भएका छन्। निको भएपछि उनीहरूलाई मंगलबार राति डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ।
निको भएर घर पर्किएका १६ पुरुष र ४ महिला छन्। सबै जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन्। पछिल्लो समय दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ ।
उनीहरूलाई गत वैशाख २७ र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस