
काठमाडौं । थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशानलय पोखराले बागलुङ जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
स्वास्थ्य निर्देशानलय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद बिन्दु शर्माले बागलुङको बडिगाड गाउँपालिकाका २ जना तमानखोलाका ४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता शर्माले बडिगाड गाउँपालिकाको क्वारेन्टाइमा रहेका १९ र २० वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको तथा तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनीहरु केहि दिन पहिले भारतदेखि आएर तमानखोला गाउँपालिकाको धनगौ ज्योती मावि क्वारेन्टाइनमा र बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा बसेका थिए ।
संक्रमण पुष्टि भएपछि उनीहरुलाई बागलुङ बजारमा रहेको धौलागिरी अस्पताल बागलुङको आईसोलेशनमा पठाइन लागेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस