
एजेन्सी । भारतमा विभिन्न चरणमा भएका लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ ।
५ सय ४२ सिटका लागि भएको मतदानको मतगणना बिहीबार विहान सुरु भएको थियो । शुक्रबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ एनडीए गठबन्धनले ३ सय ५२ र प्रतिपक्षी युपीए गठबन्धनले ९२ सिट जितेको छ ।
पहिलो पटक एनडीए गठबन्धनको भारतीय जनता पार्टी ९भाजपा० एक्लैले ३ सय भन्दा बढी सिट जितेको छ । उ एक्लैले ३ सय ३ सिट हात पारेको हो जुन सन् २०१४ मा भएको अघिल्लो चुनावभन्दा २१ सिट बढी हो । काँग्रेस एक्लैले ५२ सिट जितेको छ जुन अघिल्लो चुनावभन्दा ८ सिट बढी हो । तृणमुल काँग्रेस र वाइएसआरसीले समान २२(२२ , समाजवादी र बहुजन समाजवादी पार्टीले १५ सिट जितेको छ भने अन्य दलले ३५ सिट जितेका छन् ।
नतिजा आएसँगै भारतका विभिन्न शहरमा बिजयोत्सवको उल्लास छाएको भारतीय संचारमाध्यामले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस