aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप ३५ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
थप ३५ जनामा कोरोना संक्रमण

रौतहट । थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको गौर, देवाही गोनाही, इशनाथ, कटहरिया र गढिमाई नगरपालिकाका ३५ जनामा कोरोना संक्रमण देखिएको हो । 

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार नयाँ थपिएका गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहि गोनाही नगरपालिकामा २, कटहरिया नगरपालिकामा २ र गढिमाई नगरपालिकामा ७ जना रहेका छन् । 

उनीहरु सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएका थिए । योसंगै रौतहटमा मात्रै कोरोना संक्रमितको संख्या १०५ पुगेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस