
काठमाडौं । थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका संक्रमित झापाको कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।
योसँगै झापामा मात्रै कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस