aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

धादिङको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
धादिङको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी

धादिङ । धादिङको धुनिबेंशी नगरपालिकामा रहेको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी भएको छ । धुनिबेंशी नगरपालिका–६ खानीखोलामा रहेको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी भएको हो ।

नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यलय खानीखोलाबाट खटिएका प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । 

आगलागीमा क्षति कति भयो र कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस