
काठमाडौं । भोलि बिहीबार अपराह्न ४.०० बजे सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
बिहीबार ठिक ४.०० बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि र राष्ट्रियसभा दुबै सदनका सदस्यलाई आमन्त्रण गरेका छन् । बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहीवार साँझ ६ बजे बस्ने पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस