aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं ।  थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.  विकास देवकोटाले थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । यो एकै दिनमा संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।

नयाँ थपिएका संक्रमित सिरहा, सप्तरी, हेटौडा, रौतहट, दाङ, बारा, झापा, बाग्लुङका रहेका छन् । जसमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ भने १८३ जना निको भएर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस