aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

तमिलनाडु नोकियाको कारखानाका ४२ जनामा कोरोना पोजेटिभ देखिएपछि उत्पादन बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
तमिलनाडु नोकियाको कारखानाका ४२ जनामा कोरोना पोजेटिभ देखिएपछि उत्पादन बन्द

एजेन्सी । गत दशकअघिसम्म लोकप्रिय फोन निर्माता नोकियाको  भारतको तमिलनाडुमा रहेको कारखानामा कार्यरत ४२ जना कर्मचारी कोरोना पोजिटिभ पाइएको छ। उक्त कारखानामा काम गर्ने कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि नोकिया फोनको उत्पादन नै निर्णय गरेको छ । 

नोकियाले जारी गरेको विज्ञप्तिका अनुसार कम्पनीले गत हप्ता तमिलनाडुको श्रीपेरम्बुदुर स्थित प्लान्ट बन्द गर्यो। कम्पनीका केही कर्मचारीहरू कोरोना पोजिटिभ पाएपछि नोकियाले यसको आधिकारिक जानकारी दियो। यद्यपि कम्पनीले खुलासा गरेको भने छैन कति जना कर्मचारी कोरोना पोजिटिभ देखिएको छ । तर समाचार एजेन्सी रोयटर्सको रिपोर्टले दावी गरे अनुसार कोरोना पोजेटिभ देखिएका ४२ जना कर्मचारी रहेको बताएको छ । 

केही दिन अघि उत्तर प्रदेशको ग्रेटर नोएडामा रहेको ओप्पो मोबाइल फोन कम्पनीको कारखानामा ९ जना कर्मचारी कोरोना पॉजिटिभ देखिएको थियो ।  यसपछि, ओप्पोको यो कारखाना अर्को आदेश नभएसम्म बन्द गरेको थियो । 

प्रतिक्रिया दिनुहोस