
काठमाडौँ । नेपाल भारत सीमा विवादमा हाम्रा छिमेकीले समेत चासो राख्न थालेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल-भारत सीमा विवादकोबिषय समेत उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी देशका लागि खतरा भएको बताएका छन्।
उनले बुधवार दिउँसो ट्विट गर्दै 'हिन्दु अतिवादी मोदी सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको' उल्लेख गरेका छन्।
ट्विटमा लेखिएको छ, ‘बङ्गलादेशमा नागरिकता कानुनले, नेपाल र चीनसँग सीमा विवादले र पाकिस्तानलाई आक्रमणको धम्की दिएर अभिमानी विस्तारवादी नीति भएकोको हिन्दुत्व श्रेष्ठतावादी मोदी सरकार भारतका छिमेकका लागि खतरा बनिरहेको छ।’
मोदी सरकार क्षेत्रीय शान्तिको लागि समेत खतरा बनेको उनले लेखेका छन् । ट्विटमा छ, 'जम्मुकस्मिरलाई चौथो जेनेभा कन्भेन्सन विपरीत भारतमा गाभेपछि फासिस्ट मोदी सरकारले भारतका अल्पसङ्ख्यकलाई दोस्रो दर्जामा झार्ने काम मात्र गरेको होइन कि यो क्षेत्रकै शान्तिका लागि खतरा भएको मैले ठान्दै आएको छु ।'
नेपाललाई एकोहोरो पेल्दै आएको भारतका बिरुद्द नेपालले चलेको साहसिक कदम र पछिल्ला निर्णयहरूबाट दक्षिण एसियामा भारतबाट प्रतिदिन बन्दै आएका मुलुकहरूमा समेत नयाँ आशाको सञ्चार भएको रूपमा इमरान खानको पछिल्लो ट्विटलाई हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस