
कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनका क्रममा मृत्यु भएका वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। गएराति मृत्यु भएका कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कल्लु रानाको बुधवार स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ।
वडा नम्बर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस