
काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिंगले आफ्नो सेनालाई युद्धको तयारी गर्न आदेश दिएका छन् । अमेरिका र चीन बिच तनाव उत्कर्षमा पुगेको बेला उन्ली यस्तो आदेश दिएपछि विश्व नै त्यसबाट तरङ्गित बनेको छ ।
चिनिया सेनाको समेत अध्यक्ष रहेका सीले १३ औँ नेशनल पिपुल्स कङ्ग्रेसको पिपल्स लिबरेसन आर्मी र पिपल्स आर्म्ड पुलिस फोर्सको प्लेनरी बैठकलाई सम्बोधन गर्दै मङ्गलवार यस्तो आदेश दिएका हुन् ।
सो क्रममा उनले सैनिकलाई तालिम मार्फत बलियो बनाउन र युद्धको लागि तयार रहन भनेका हुन् । चीनको सरकारी सञ्चार मध्यमहरूले उनले राष्ट्रिय सम्प्रभुताको रक्षा र देश समग्र सामरिक स्थिरताको रक्षा गर्नको लागी सेनाको प्रशिक्षणलाई व्यापक रूपमा बलियो बनाउनु महत्त्वपूर्ण महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
चीनबाट यस्तो समाचार त्यो बेला सार्वजनिक भएको छ जुन बेला अमेरिका चीनलाई उकास्ने र युद्धमा होम्ने हर सम्भव प्रयास गरिरहेको छ । त्यसो त साउथ चाइना सीमा लेजर गनको परीक्षण र ताइवान प्रति अनावश्यक चासो हालै अमेरिकाले सीमा नाघ्दै अगाडी बढाएका कदमहरू हुन् । जसको उचित जवाफ दिने चीनले जनाइसकेको छ ।
अमेरिकाको चीन बिच्काउने कदम
ताइवानमा राष्ट्रपति त्साई इंग-वेन फेरी निर्वाचित भएपछि अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले उनलाई बधाई दिँदै ट्विट गरे- ‘डा. त्साई इंग-वेनलाई ताइवानको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि बधाई । ताइवानको जीवन्त लोकतन्त्र त्यो क्षेत्र र संसारको लागि एक प्रेरणा हो । राष्ट्रपति त्साईको नेतृत्वमा ताइवानसँग हाम्रो साझेदारी निरन्तर फल्ने-फुल्ने छ ।’
अमेरिकाको यो कदमबाट चीन नराम्ररी सँग भड्कियो । चीनको विदेश मन्त्रालयले अमेरिकालाई खुल्ला चेतावनी दिँदै भन्यो कि अब यसको बिरुद्द चीनले कडा कदम उठाउने छ । साथै भनेको छ- ‘अमेरिकाले यसको परिणाम भोग्नु पर्ने छ ।’
आइतबार मात्रै चिनियाँ विदेश मन्त्री वाङ यीले पनि अमेरिकाले आफूहरूसँग शीत युद्ध गर्न खोजिरहेको बताएका छन् । एक पत्रकार सम्मेलनमा बोल्दै उनले कोरोना भाइरसको महामारी र हङकङमा चीनको नियन्त्रणका विषयमा अमेरिकाले दिइरहेको वक्तव्यबाजीले दुई देशबिचको सम्बन्ध नयाँ शीतयुद्ध सुरु हुने चरणमा पुगेको उनले बताए । हुनपनि चीनले आफ्नो अभिन्न अङ्ग मानेको ताइवानमा अस्थिरता कायम गर्न र त्यसलाई स्वतन्त्र राष्ट्रको रूपमा स्थापित गर्न अमेरिका विगत ७० वर्ष देखी निरन्तर लागि परेको छ ।
त्यसो त व्यापार युद्धमा आफ्नो केही सिप नालागेपछी चीनलाई विश्वबाट अलग्याउने अमेरिकाले कोरोना भाइरस विश्वभर फैलाएको आरोप लगाइरहेको छ । सो काममा समेत सफलता मिल्न नसक्ने देखेपछि अहिले अमेरिका चीनलाई उत्तेजित पार्न अरू प्रयासहरूमा लागि परेको छ । त्यसैले उसले विभिन्न प्रोपोगान्डा मच्चाउने काम गरिरहेको छ । लामो समयसम्म मौन रहेको चीनले अमेरिकाले हद पार गरेपछि भने कडा प्रतिक्रिया दिन थालेको छ ।
अमेरिका-चीनबिच नयाँ शीत युद्ध
यो सँगै अब अमेरिका र चीन बिच शीत युद्ध शुरुभएको छ । अमेरिकाले चीनलाई कसरी तह लगाउने भन्ने योजना निर्माणका लागि दृष्टि पत्र (भिजन डकुमेन्ट) सार्वजनिक गरेपछि अब स्थिति धेरै नै गम्भीर बनेको छ । सो दृष्टि पत्रमा अमेरिकाले चीनलाई नियम र कानुनमा चलिरहेको विश्व व्यवस्थाको दुरुपयोग गरेर चिनियाँ कम्युनिस्ट पार्टीको विचारधारा र हित अनुकूल बनाएको आरोप लगाएको छ । अनि अब स्वार्थको टकराबमा अमेरिका सामु देखा परेको चुनौतीको सिधा जवाफ दिने समेत उल्लेख गरिएको छ ।
'यूनाइडेट स्टेट स्ट्रेटेजिक एप्रोच टु द पीपुल्स रिपब्लिक अफ चाइना' शीर्षक दिइएको सो पत्रमा ‘शीत युद्ध’ शब्दको उल्लेख गरिएको छैन तर अमेरिकाले योजना भने अब शीत युद्ध मै उत्रने तहमा गरेको देखिन्छ । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू अमेरिकाले जारी गरेको यो पत्रलाई नयाँ शीत युद्धको घोषणाको रूपमा विश्लेषण गरिरहेका छन् ।
अमेरिकाले चीनलाई धम्काउने र उद्देलित गर्ने उद्देश्यले मे १६ तारिकका दिन पहिलो पटक आफ्नो अत्याधुनिक लेजर गनको परीक्षण गरेको छ । अहिले संसार कै सर्वाधिक बडी तनावग्रस्त क्षेत्रका रूपमा परिचित साउथ चाइना सी मा नै अमेरिकाले यस्तो परीक्षण गरेको हो । जसलाई अमेरिकाले चीनलाई एक प्रकारले ललकारेको भन्न सकिने देखिन्छ । यो त्यो क्षेत्र हो जसलाई कहिले चीन त कहिले अमेरिकाले आफ्नो पकड क्षेत्र भन्दै घोषणा गर्ने गरेका छन् ।
त्यस अलावा त्यहाँका केही टापुहरूको स्वामित्वको विवादले कहिले जापान र चीन त कहिले अन्य मुलुकको चीनसँग ठाकठुक पर्दै आएको छ । तर, अहिले केन्द्रमा चीन-अमेरिका बिच नयाँ शीत युद्ध प्रारम्भको विषय छ । जसमा अमेरिका नराम्ररी फस्दै गएको देखिन्छ किनकि चीन यो अवस्थाको लागी २० वर्ष अघि देखि नै तयारीमा रहेको देखिन्छ ।
सन् १९९९ मा नै चिनियाँ हवाई फौजका कर्नेल किओं लिंग र वांग जियागसुइले एक पुस्तक सार्वजनिक गरे ‘अनरेस्ट्रिक्टेड वारफेयर : चाइनाज् मास्टर प्लान टु डीस्ट्रोय अमेरिका’ शीर्षकमा । जसमा उनीहरूले कसरी चीन अमेरिका माथि हाबी हुँदैछ भन्ने कुरा उल्लेख गरेका छन् ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त अबको युद्ध रणनीतिमा फौजी भन्दा पनि अरू कुरा निर्णायक हुने त्यसैमा उल्लेख छ । जुन बेला सो पुस्तक प्रकाशित भयो त्यो समयमा चीन विश्व राजनीतिमा निकै पछाडि थियो । तर, उसको उत्पादन नीतिका कारण दुई दशकको अवधिमा उसले फेरी विश्वलाई दुई ध्रुवीय अवस्थामा पुर्यायो । जहाँ अहिले अमेरिका र चीन को एकल महाशक्ति बन्ने भन्ने होडमा लागि सके ।
चीनको शक्ति : अमेरिकी कमजोर उत्पादन क्षमता
अमेरिकाको उत्पादन क्षमता अन्त्यतै कमजोर रहेछ भन्ने कुरा स्पष्ट रूपमा देखिएको छ । त्यसैले अमेरिकाले हालको अवस्थामा संसार कै सर्वाधिक ठुलो उत्पादक मुलुक बिरुद्द कसरी युद्ध लड्न सक्छ भन्ने प्रश्न नै अहिले अहम् बनेको छ ।
कोभिड-१९ यता कै कुरा गर्ने हो भनेपनि अमेरिकाको भेन्टिलेटर उत्पादन क्षमता कति रहेछ भन्ने देखियो । रुसले समेत उसलाई सहयोग गर्नु पर्यो । यता चीन अहिले विश्वमा १४ सय भेन्टिलेटर चाहियो भने ११ सयवटा एक्लै आपूर्ति गर्न सक्ने गरी बसेको छ । यो अनुपातको चिनियाँ उत्पादन क्षमता अहिले देखियो ।
त्यसो त चीनको विकास गरेको यो स्तरको उत्पादन क्षमता तुरुन्तै कसैले हासिल गर्ने सम्भावना पनि देखिँदैन । भारत, फिलिपिन्स, बङ्गलादेश जस्ता ठुलो र सस्तो जनशक्ति भएको मुलुकले पनि अहिले नै विश्वलाई आपूर्ति गर्ने गरी उत्पादन बढाएर चीनलाई पछि पार्ने देखिँदैन । चीनको जति दक्ष जनशक्ति अहिले नै अरूसँग छैन ।
उता अमेरिका भने अहिले पनि आफ्नो सैन्य शक्तिको दम्भमा छ जबकि त्यो सेनाले दशकौँसम्म अफगानिस्तानमा बस्दा समेत तालिवानलाई जित्न सकेन र अहिले पुच्छर लुकाएर फर्कंदैछ । उता सिरियाका विद्रोहीलाई बुई बोक्यो तर अमेरिकी सेना त्यहाँ समेत नकाम प्रमाणित हुँदैछ । अहिले त्यही सेनाको आडमा चीनमाथि आर्थिक नाकाबन्दी गर्ने योजनामा छ । तर, चीन भने यो कुरालाई कुनै समस्या नै मानिरहेको छैन किनकि उसको उत्पादन क्षमता यस्तो छ कि आफ्नो लागी आवश्यक कुनै वस्तुको अभाव हुन नदिन चीन सक्षम छ ।
यो बेलाको महत्त्वपूर्ण प्रश्न यो हो कि के आजको विश्व चिनियाँ उत्पादनको प्रयोग बिना चल्न सक्ने अवस्थामा छ ? धेरैले त्यस्तो कल्पना नै गर्दैनन् । किनभने जति सस्तो मूल्यमा चीनले आफ्ना उत्पादन विश्व बजारमा पुर्याइरहेको छ त्यो क्षमता अरूमा देखिँदैन ।
प्रतिक्रिया दिनुहोस