aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आज आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
आज आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत हुँदै

काठमाडौं । आज अपराह्न ४ बजे सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने भएको छ ।  संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

बिहीबार ठिक ४ बजे बजेट भाषण शुरु हुने भएकाले त्यस अगाडि नै बैठक कक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि र राष्ट्रियसभा दुबै सदनका सदस्यलाई आमन्त्रण गरेका छन् । बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहीवार साँझ ६ बजे बस्ने पनि जनाइएको छ ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
 

प्रतिक्रिया दिनुहोस