aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

दुई सय ४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
दुई सय ४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा

काठमाडौं । सरकारले दुई सय ४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको हो । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् । जसमा आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजाय मिनाहा भएको छ ।

त्यस्तै, शितल निवासबाट जारी सूचनामा उल्लेख भएअनुसार कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको  छ ।

प्रतिक्रिया दिनुहोस