
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनको सीमा विवादमा मध्यस्थता प्रस्ताव गरेका छन्। भारत र चीन बीचको सीमा विवादको बिचमा मध्यस्थता गर्न तयार रहेको डोनाल्ड ट्रम्पले ट्वीट गरेका छन ।
डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन, ’हामीले भारत र चीन दुबैलाई जानकारी गराइसकेका छौं, यदि उनीहरू चाहन्छन् भने अमेरिका सीमा विवादमा मध्यस्थता गर्न तयार छ।’
यहि महिनाको शुरुदेखि नै भारत र चीनको बोर्डर लडाखमा चिनियाँ सैनिक र भारतीय सैनिक आमनेसामने भएका छन । सेनाको संख्या बढ्ने र चीनबाट बेसक्याम निर्माण गरेको समाचारहरु आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस