aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

सेनाले खरिद गरेको तेस्रो लटको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
सेनाले खरिद गरेको तेस्रो लटको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं । सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ । चीनको गोन्जाउबाट स्वास्थ्य सामग्री लोड गरेर निगमको जहाजले काठमाडौं ल्याइ पुर्‍याएको हो ।

सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । निगमको जहाजमा १४ हजार ८ सय २० केजी (करिब १६ टन) बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याइएको छ ।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस