aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पाकिस्तानबाट परेवा फिर्ता गरिदिन नरेन्द्र मोदीलाई आग्रह

  • बीबीसी
    बीबीसी
  • विहीबार, १५ जेठ २०७७
पाकिस्तानबाट परेवा फिर्ता गरिदिन नरेन्द्र मोदीलाई आग्रह

एजेन्सी । पाकिस्तानका एक गाउँलेले भारतको नियन्त्रणमा रहेको आफ्नो परेवा फिर्ता गरिदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । भारतीय पक्षले उक्त परेवा कश्मीरको सीमापारि जासुसीका लागि पाकिस्तानबाट उडाइएको आशङ्कामा समातेर राखेको छ ।भारत र पाकिस्तानको सीमाबाट चार किलोमिटर परको एउटा गाउँमा बस्ने एक व्यक्तिले आफूले ईदको बेला उक्त परेवा उडाएको दाबी गरेका छन् ।

भारतीय प्रहरीले उक्त परेवाका दुवै खुट्टामा केही सङ्केत अङ्कित औँठी भएको र त्यसको अर्थ पत्ता लगाउन खोजिएको बताएको छ । उक्त परेवा आफ्नो भएको दाबी गर्ने पाकिस्तानी गाउँलेले उक्त सङ्केत आफ्नो मोबाइल नम्बर भएको बताएका छन् ।

पाकिस्तानको डन पत्रिकाले ती व्यक्तिको नाम हबिबुल्लाह भएको र उनले एक दर्जन परेवा पालेको जनाएको छ । हबिबुल्लाहले आफ्नो परेवा "शान्तिको प्रतीक" भएको र भारतले त्यसलाई दु:ख दिनु नहुने बताएका छन् ।

सोमवार भारत-प्रशासित कश्मीरका गाउँलेहरूले उक्त परेवा समातेर प्रहरीलाई बुझाएका थिए । पाकिस्तानबाट उडेर आएको परेवा भारतीय पक्षले समातेको यो पहिलो पटक हैन ।

प्रतिक्रिया दिनुहोस