
काठमाडौं । अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । नारायणगढ–मुग्लिन खण्डमा सवारीसाधन दुर्घटना भएर अवरुद्ध भएको सडक तीन घण्टापछि सञ्चालनमा आएको हो ।
क्रेनको सहायताबाट लहरी र ट्रकलाई पन्छाएर तीन घण्टापछि दुवैतर्फी बाटो सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ ।
चितवनबाट काठमाडौं खाद्यान्न बोकेको ना५ख ९१२२ नम्बरको ट्रक र काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना८ख १५५२ नम्बरको मालवाहक लहरी आपसमा ठोक्किँदा आगमन रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस