
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइराला तीन महिना नपुग्दै सरुवा भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको हो ।
सचिव कोइरालालाई फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो।
मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको रुपमा पठाउने निर्णय गरेको छ । सचिव अर्यालले आइतबारदेखि स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस