aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं । थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवता डा. विकास देवकोटाले थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

नयाँ थपिएका संक्रमित झापा, सप्तरी, महोतरी, रौतहट, दार्चुला, सोलुखुम्बु, हेटौडा, सुर्खेत, स्याङ्जा, बर्दिया, बाँकेलगायत जिल्लाका रहेका छन् । जसमध्ये सप्तरीका १४ जना पुरुष, झापाका २५ जना पुरुष, नवलपुरका १ जना पुरुष, धनुषाका २९ जना, महोतरीका १७ जना, रौतहटका ३ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखुम्बुका १ जना, बझाङका १ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, स्याङ्जाका ३ जना, दार्चुलाका १ जना, कैलालीका २ जना, हेटौडाका १ जना, बर्दियाका ३ जना, बाँकेका १ जना र रौतहटका १७ जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ भने १८७ जना निको भएर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार नेपालका ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस