
काठमाडाैं । बजेटबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेटलाई अन्तिम रूप दिनेछ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसेको थियो। पूर्ण बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।
आर्थिक वर्ष २०७७\०७८ को बजेट वक्तव्य आज ४ बजे संसदमा पेश हुँदैछ। हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस