aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

वृद्ध भत्ता बढेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
वृद्ध भत्ता बढेन

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले सामाजिक सुरक्षा भत्ताका लागि साढे ६७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै उक्त बजेट विनियोजन गरिएको बताए ।

तर यसवर्ष वृद्धभत्ता भने बढेको छैन । सरकारले दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी र ब्रेल लिपी निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस