aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्वास्थ्य क्षेत्रका  लागि गतवर्ष भन्दा २२ अर्ब ९ करोडले बढी बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
स्वास्थ्य क्षेत्रका  लागि गतवर्ष भन्दा २२ अर्ब ९ करोडले बढी बजेट

काठमाडौं ।  सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि गत वर्षको भन्दा २२ अर्ब ९ करोडले बढी बजेट विनियोजना गरेको छ ।

स्वास्थ्य मन्त्रालयले नयाँ कार्यक्रम सञ्चालनमा मात्रै  २८ अर्ब ३१ करोड ८२ लाख बजेट माग गरेको थियो भने अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड प्रस्ताव पेश गरेको थियो ।

स्वास्थ्य क्षेत्रको पूर्वाधारको लागि १२ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । कोरोना संक्रमितहरुको उपचारका लागि ६ अर्ब छुट्याइएको छ । 

प्रतिक्रिया दिनुहोस