
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज जेठ १५ गते बिहीबार संघीय संसदको दुबै सदनमा संयुक्त रुपमा प्रस्तुत गरिएको उक्त बजेटमा ९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्चका लागि विनियोजन गरिएको छ । ३ खर्ब ५२ अर्ब ९१ करोड पुँजीगत बजेट र १ खर्ब ७२ अर्ब ७९ करोड वित्तीय व्यवस्था बजेट हो ।
चालु आर्थिक वर्षका लागि सरकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने ४ खर्ब ८ अर्ब पुँजीगत र १ खर्ब ६७ अर्ब ८५ करोड वित्तीय व्यवस्था बजेट हो ।
सरकारले सो बजेटको स्रोतका रुपमा राजस्वलाई मुख्य रुपमा राखेको छ । आगामी आर्थिक वर्षमा ८ खर्ब ८९ अर्ब ६२ करोड राजस्वबाट स्रोत जुटाउने भएको छ भने बाह्य ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड बाह्य ऋण, ६० अर्ब ५२ करोड वैदेशिक अनुदान र करिब २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट परिपूर्ति गर्ने अर्थमन्त्रीले बजेट सार्वजनिकका क्रममा बताए । कुल घाटा बजेट भने ५ खर्ब २४ अर्ब ५० करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस