काठमाडौं । कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ ।
आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको प्रस्तुत गरेकाे छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसदमा जारी गरेकाे बजेटमा आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको थियो ।
यस्तै खर्चको स्रोत व्यवस्थापन तर्फ राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ ।
त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।
यस्ताे छ बजेट खर्च गर्न बनेकाे आर्थिक-ऐन-२०७७
प्रतिक्रिया दिनुहोस