aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सीमा विवादले मोदीको मुड ठीक नभएको ट्रम्पको भनाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
सीमा विवादले मोदीको मुड ठीक नभएको ट्रम्पको भनाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा विवादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको बताएका छन्। बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु ।’

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।’

गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस