aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

लकडाउनमा लागूऔषध कारोबार बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
लकडाउनमा लागूऔषध कारोबार बढ्दै

सुनसरी । भोक्राहा नर्सिंङ गाउँपालिका-६ बाट स्पास्मो प्रोक्सिभन प्लस ३ सय ८० थान, नाईट्रोसन २ सय ८० ट्याव्लेट र १ सय एमएलको डाईलक्स डिसी १८ बोतल बुधबार साँझ प्रहरीले बरामद गरेको छ । 

ईलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट संयुक्त टोली खटी गई नेपाल भारतको सिमानामा गस्ती गर्दै जाने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका केही मानिसहरु प्रहरीलाई देखेर हातमा बोकेको झोला फालेर भागेकाले झोला खोलेर हेर्दा उक्त लागूऔषध फेला परेको हो । 

झोला फालेर भाग्ने मानिसहरुको खोजी गर्नुका साथै प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस