aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सोमालियामा ९ चिकित्सकको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
सोमालियामा ९ चिकित्सकको हत्या

मोगादिशु । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ । 

स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् । सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ । 

इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ । एएनआई

प्रतिक्रिया दिनुहोस