एजेन्सी । गएको हप्ता दुर्घटना भएको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)बाट विभिन्न देशको करिब ३० करोड पाकिस्तानी रकम बराबरको रकम बरामद भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार एक अधिकारीले अनुसन्धानकर्ता र उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट उक्त रकम भएको दुई थैली बरामद गरेको छ । अधिकारीका अनुसार यी दुई झोलाहरूमा पाकिस्तानसहितको विदेशी मुद्रा बरामद गरिएको थियो ।
विमान २२ मेमा पाकिस्ताजनको कराची एयरपोर्टको नजिक दुर्घटना भएको थियो । ईदको अवसरमा भएको यो विषेश उडानमा ९७ जनाको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस