aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 
वित्तीय हस्तान्तरण

प्रदेश सरकारलाई करिब १ खर्ब बजेट, कुनलाई कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
प्रदेश सरकारलाई करिब १ खर्ब बजेट, कुनलाई कति ?


काठमाडौं ।   सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत प्रदेश सरकारलाई  ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सरकारले सातै प्रदेशलाई समानीकरण, सशर्त र विशेष र समपुरक अनुदान उपलब्ध गराउँदै आएको छ । उक्त शीर्षकमा संघीय सरकारले सो बजेट विनियोजन गरेको हो ।

सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान शीर्षकमा ५५ अर्ब १९ करोड ५० लाख, सशर्त अनुदानमा ३६ अर्ब ३५ करोड ७५ लाख, समपूरक अनुदानमा ५ अर्ब १८ करोड ६२ लाख र विशेष अनुदान शीर्षकमा ३ अर्ब १३ करोड ५० लाख  विनियोजन गरेको हो ।
कुन प्रदेशलाई कति ?

सरकारले सो अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश १ लाई १५ अर्ब ११ करोड ३८ लाख, प्रदेश २ लाई १३ अर्ब ४० करोड ५९ लाख, बागमती प्रदेशलाई  १४ अर्ब ८६ करोड ९८ लाख विनियोजन गरेको छ ।  त्यस्तै गण्डकी प्रदेशलाई १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५लाई १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशलाई १४ अर्ब ८३ करोड ६५ लाख र सुदूपश्चिम प्रदेशलाई १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस