
काठमाडौं । सरकारले कोरोना कोभिडका कारण गरिएको लकडाउनले पारेको असरलाई सम्बोधन गर्दै सरकारले डेढ खर्बको कोष खडा गरेको छ । सरकारले तत्कालीन राहतको कार्यक्रममा समावेश गरेको पुनर्कर्जा सुविधालाई बजेटबाट संस्थागत गरेको हो ।
नेपाल राष्ट्र बैंक मातहत रहने पुनर्कर्जा कोषको सुविधा एक खर्बसम्म पुर्याइएको छ । त्यस्तै, घरेलु, साना तथा मझौला उद्यम र कोरोना प्रभावित पर्यटन व्यवसायीका हुने हुनेगरी ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने भएको छ । यो सहित गरेर सरकारले ढेड खर्बको कोष बनाएको हो ।
कोरोना भाइरसका कारण प्रभावित घरेलु, साना तथा मझौला उद्यमले ५ प्रतिशत कर्जामा ऋण लिन पाउने छन् । यो अहिलेको कुल ग्राहस्थ उत्पानको झन्डै ४ प्रतिशत हाराहारी हो ।
प्रतिक्रिया दिनुहोस