aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

रोटरी क्लवद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
रोटरी क्लवद्वारा  ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महाशाखामा आज एक कार्यक्रमवीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उक्त रोटरी क्लवबाट प्राप्त केएन९५ मास्क १५०० थान र २७।५ लिटर सेनिटाईजर सहयोग गरेका हुन् । 

महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए ।

 उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिए ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष हर्क साउदले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो । आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरत्तर अगाडि बढ्न क्लव तत्पर रहेको उनले उल्लेख गरे।

कार्यक्रममा प्रहरी अधिकृतहरु तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस