
काठमाडौं । थप १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
नयाँ संक्रमित १६२ जनामा पुरुष रहेका छन् भने ६ जना महिला रहेका छन् । नयाँ थपिएका संक्रमित झापा, रौतहट, सर्लाही, कपिलवस्तु, रुपन्देही, म्याग्दी, सप्तरीलगायत जिल्लाका रहेका छन् । जसमध्ये झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।
यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना निको भएर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस