aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोनाबाट थप एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् । 

देवकोटाका अनुसार ती संक्रमित पुरुषको जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्यान गएको थियो । उनको पीसीआर परीक्षणको पोजिटिभ रिपोर्ट बिहीबार आएको उनको भनाइ छ। उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।  

योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस