aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

डोनाल्ड ट्रम्पको प्रस्ताव चीनद्वारा अस्विकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
डोनाल्ड ट्रम्पको प्रस्ताव चीनद्वारा अस्विकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच चलिरहेको सिमा विवादमा मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव भारतीय पक्षबाट पहिले अस्वीकार गरिएको छ र अब चीनबाट पनि अस्विकार गरेको छ । चीनले एक विज्ञप्ति मार्फत  चिनियाँ विदेश मन्त्रालयले भारत र चीनबीचको समस्या आफै सुल्झाउन सक्ने जवाफ दिएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारत र चीनबीचको आपसी विवादलाई वार्ताका माध्यमबाट समाधान गर्न सक्छौ भनेका छ । यस्तो अवस्थामा कुनै पनि तेस्रो देश यस विवादमा आवश्यक पर्दैन विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विवाद सुल्झाउने ट्वीट गरेका थिए । यदि भारत र चीन चाहन्छ भने अमेरिकाले दुबैको सीमा विवाद समाप्त गरी आपसी मेलमिलाप गराउन सहयोग गर्न तयार रहेको विचार व्यक्त गरेका थिए । 

भारत र चीनबीचको दद्दाख सिमानामा दुबै देशले सेनाको संख्यामा वृद्धि गरेका छन् । चीनले लद्दाखको नजिक सेनाको संख्या ५००० सम्म बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस