
काठमाडौं । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा)ले नेपाल र भारतको कालापानी,लिपुलेक लिम्पियाधुरा सम्बन्धि सीमाना विवाद बिषयमा एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति समेत जनाएको छ ।
नासाका अध्यक्ष बिनय अर्याल तथामहा सचिव कृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको उक्त बिज्ञप्तिमा हालै अन्तरराष्ट्रीय सिमानाको सत्य र तथ्यलाई समेत वास्ता नगरि एक पक्षिय ढंगले मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भुमी समेत अधिकरण गरेको प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति रहेको जनाएको छ ।
बिबादित विवादीत विषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण बातावरणमा राजनैतिक र कुटनैतिक तबरबाटै समाधान होस् र नेपालको भूमी फिर्ता होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी गराएको छ ।
हालै अन्तराराष्ट्रिय सिमानाको सत्य र तथ्यलाई समेत वास्ता नगरि एक पक्षिय ढंगले मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भूमी समेत अधिकरण गरेको प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति जनाएको विज्ञतिमा उल्लेख छ ।
कुनै पनि राष्ट्रको भौगोलिक अखण्डताप्रति कुनै पनि राष्ट्रले सम्मान गर्ने र मर्यादा राख्नु पर्ने अन्तर्राष्ट्रीय मूल्य , मान्यता , प्रचलन , र बाध्यात्मक अन्तर्राष्ट्रिय कानुनि परिस्थिति पनि भएको ब्यहोरालाई मनन गर्दै सत्य तथ्यकै आधारमा महाकाली नदी पूर्वको कालापानी लिपुलेक लिम्पियाधुरा लगायतको भूभागहरू नेपालको नै रहेको नासाको पनि भनार्इ रहेको छ ।
यसै सन्दर्भमा हालसालै नेपाल सरकारले नया नक्सा प्रकाशित गरि लागू गरेकोमा नासा खुशी ब्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छ भनेको छ। नेपालीलार्इ नक्सा मात्र होइन भुमिपनि चाहिएको छ , तसर्थ रास्ट्रियताको सबालमा सबै राजनीतिक पार्टी ,एबम सम्पूर्ण नेपाली जनता एक भएर आफ्नो भुमि प्रप्तिको लागि यस अवसरमा एकजुट हुन नासाले अपिल समेत गरेको छ।
यथासिध्र दुबै राष्ट्रहरूको सरकारको उच्च स्तरिय प्रतिनिधि मण्डलमार्फत सत्य तथ्य कै आधारमा दुइपक्षिय बार्ता तथा अन्तर्राष्ट्रीय सीमा सम्बन्धीको नियमलाई समेत छलफल गरि बिबादित बिषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण बाताबरणमा राजनैतिक र कुटनैतिक तबर बाटै समाधान होस् ।
र नेपालको भुमी फिर्ता होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी गराउदै पौराणिक काल देखि नै अति सुमधुर र सौहार्दपूर्ण मैत्री संम्बन्ध रही आएको यी दुई छिमेकी राष्ट्रहरू बिच सोही बमोजिम कै संम्बन्धमा अझ बढ़ी प्रगाढ़ता थपी सुमधुर सम्बन्ध अनन्तकाल सम्म रहि रहोस् भन्ने नासा हार्दिक कामना समेत ब्यक्त गर्दछ ।
प्रतिक्रिया दिनुहोस