
काडमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमसम्बन्धी जानकारी आफ्नो वुलेटिन मार्फत जानकारी गराएको छ । जस अनुसार शनिबार पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका रहेकाले नेपालको पूर्वी भूभाग नजिकै निम्न चापिय रेखा रहेकाले शनिबार(आज) पनि वर्षाको सम्भावना रहेको हो ।
शनिबार(आज) दिउँसो र रातीभर देशैभरी सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार पनि देशभर मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । सोमबार देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहेर बाँकी भूभागमा मौसम आंशिक बदली रहने उल्लेख छ ।
पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस