aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं । थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १८९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । 

नयाँ थपिएका संक्रमित १८५ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा संखुवासभा, सिरहा, सप्तरी, कपिलवस्तु, धनुषा, दाङलगायत जिल्लाका रहेका छन् । 

प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु संखुवासभाका २ जना पुरुष, धनुषाका ७ जना पुरुष, झापाका १ जना, कपिलवस्तुका १०९,  सिरहाका ११ जना, ललितपुरका १ जना, ३ जना, महोतरीका ४ जना, रौतहटका ६ जना, सर्लाहिका १७ जना, सप्तरीका ९ जना, दाङका ५ जना, पर्साका २ जना, बाराका १ जना र दैलेखका १४ जना रहेका छन् ।   

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ भने २१९ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस