aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

लकडाउनको मोडालिटी, विदेशमा रहेकाको उद्दारबारे मन्त्रिपरिषदमा छलफल हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
लकडाउनको मोडालिटी, विदेशमा रहेकाको उद्दारबारे मन्त्रिपरिषदमा छलफल हुँदै

काठमाडाैं । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्ने गरि बोलाइएको छ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ । 

आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्दारलगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले बताए । 

विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ । 

सरकारले पछिल्लो पटक थप १५ दिन थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस