aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

लकडाउन एक मिहना थप्ने भारत सरकारकाे निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
लकडाउन एक मिहना थप्ने भारत सरकारकाे निर्णय

काठमाडौं । भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ ।

भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ ।

लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर छुट दिइएको छ । संक्रमण भेटिएको क्षेत्र (कन्टेन्मेन्ट जोन) बाहिरका क्षेत्रमा चरणबद्ध रुपमा सबै चिज सुचारु गरिने बताइएको छ ।

पहिलो चरणमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन र सपिङ सेन्टर तथा मलहरु खोलिने छ । यो चरणलाई ‘अनलक–१’भनिएको छ ।

त्यस्तै दोस्रो चरणमा विद्यालय, कलेजलगायतका शिक्षण संस्थाहरु राज्य सरकारहरुसँगको परामर्शमा खोलिने बताइएको छ । त्यस्तै एउटा राज्यबाट अर्को राज्यको यात्रामा लागेको प्रतिबन्ध पनि हटाइएको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान, मेट्रो रेल सञ्चालन, सिनेमा घर, जिम, स्विमिङ पुल, थियटरलगायतका क्षेत्र सुचारु गर्ने बारेमा भने तेस्रो चरणमा निर्णय हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस