aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो । 

जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार १० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । मृतकको पीसीआर परिक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएको हो । 

प्रतिक्रिया दिनुहोस