aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

अब सेना परिचालन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
अब सेना परिचालन गरिने

काठमाडौं । सरकारले अब सेना परिचालन गर्ने भएको छ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनका लागि सेना परिचालन गर्ने निर्णय गरेको हो । 

एक मन्त्रीका अनुसार शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको ती मन्त्रीले जनाएका छन् । 

शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द

प्रतिक्रिया दिनुहोस